पदक विजेता उमा कुङफु खेलाडी सम्मानित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । इंग्ल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले नेपाललाई तीन स्वर्ण पदक दिलाएका थिए ।

सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जित्नुभएको थियो । भुपेन्द्र गुरुङले चाइनिज फम्र्सको छाङ छ्वानमा पहिलो स्थान हात पार्नुभएको हो । सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गर्नुभएका नेपाल उमा कुङफु संघका अध्यक्षसमेत रहनुभएका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित हुनुभयो ।

त्यसै कार्यक्रममा स्थानीय निर्वाचन- २०७९ मा तारकेश्वर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सञ्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्वअध्यक्ष उद्धव थापा मगर, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?