काठमाडौं । देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेकोमा यातायात क्षेत्रमा पनि प्रविधि प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिन पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।
अटोमेशनसँगै अब पृथ्वी यातायातका सवारीसाधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखनलगायत सबै कार्य सफ्टवेयरमार्फत नियन्त्रण हुने बताइएको छ । कम्पनीले नेपालको एकमात्र टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुले पृथ्वी यातायातका एसी, डिलक्स्, हायसलगायत सबै किसिमका गाडीको टिकट अनलाइनमार्फत काट्न सक्ने बताउनुभयो । यात्रुले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाइल एप्लिकेशन तथा बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।
बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भन्नुभयो, ‘यातायात क्षेत्रमा प्रविधि प्रयोग गरेर थप व्यवस्थित बनाउँदै यात्रुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कम्पनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौं ।’ पृथ्वी यातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौंडादेखि पूर्वका काँकडभिट्टा, सुदूरपश्चिमका धनगढी गरी ३० भन्दा बढी शहरमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चार सय १० बढीबाट करिब १३ सय ५० बसमार्फत सेवाप्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच