एक्सनमा पनि सुरक्षा

Read Time = 3 mins

काठमाडौं । एक्सन जनरामा निर्माण भएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘गन्तव्य’ बोलको गीतको भिडियोमा सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा पुस्तुत हुनुभएको छ यो म्युजिक भिडियोबाट उहाँले आफूलाई एक्सनमा राम्रो सम्भावना देखाउनुभएको छ ।

आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्युजिक गायक खत्रीले नै दिनुभएको छ । साथै गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्युजिकलाई ठाउँठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानले अभिनय गर्नुभएको छ । पैसाका लागि गलत काममा होमिएका उनीहरूबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताउनुभयो उहाले भन्नुभयो, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरि हुमागाईंको आइडिया मन पर्‍यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’ उहाँले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । पहिलो पटक एक्सन जनराको म्युजिक भिडियोमा काम गर्नुभएका निराजनले ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताउनुभयो ।

हरि हुमागाईंले भिडियोको निर्देशन गर्नुभएको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रवीन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?