काठमाडौं । नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति मिश्रित टिप्पणी गरेको छ । बजेटमा समेटिएका कतिपय विषय स्वागतयोग्य रहे पनि हस्तकला प्रवद्र्धनका लागि महासंघले विगत लामो समयदेखि अघि सार्दै आएको हस्तकला नीतिलगायत अन्य प्रवद्र्धनात्मक कार्यक्रमलाई बजेटले सम्बोधन नगरेको महासंघको भनाइ छ ।
हस्तकला क्षेत्रको दिगो र दीर्घकालीन विकासका लागि महासंघको प्रयासमा नेपाल सरकारबाट स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण कार्य पूरा भई सो केन्द्र सञ्चालनका लागि महासंघबाट सञ्चालन कार्यविधिको मस्यौदा सरकारमा प्रस्तुत गरिसकेको अवस्थामा केन्द्र सञ्चालन, झण्डै डेढ दशकभन्दा अघिदेखि सरकारसँगको सहकार्यमा हस्तकला ग्राम स्थापना गर्ने महासंघको प्रयास, हस्तकला क्षेत्रको समष्टिगत विकास, विस्तार र प्रवद्र्धनको पूर्ण खाकासहित मस्यौदा गरी सरकारमा प्रस्तुत राष्ट्रिय हस्तकला विकास नीति, नेपाली हस्तकलाको प्रतिस्पर्धी क्षमता विकासका लागि मूल्य अभिवृद्धि प्रतिशतका आधारमा सरकारले प्रदान गर्दै आएको नगद प्रोत्साहनलाई डबल डिजिट दरमा वृद्धि गर्न महासंघले बारम्बार गरेको अनुरोधलाई बजेटले सम्बोधन नगरेको भन्दै महासंघले असन्तुष्टि प्रकट गरेको हो ।
तथापि उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–२०८९ सञ्चालन गर्नु स्वागतयोग्य रहेको भन्दै अभियानबाट हस्तकलाका वस्तुको आन्तरिक उपभोग बढाउन र नेपाली हस्तकला वस्तुको निर्यात व्यापारमा उल्लेखनीय परिमाणमा वृद्धि ल्याउने गरी नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न महासंघ तयार रहेको जनाएको छ । बजेटमा उल्लेखित आफ्नै उत्पादन आफ्नै उपभोग भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आफ्ना सम्पूर्ण निकायमा नेपाली हस्तकला उपभोग बढाउनुपर्ने र त्यसो भएमा मात्र मेक इन नेपाल र मेड इन नेपालजस्तो निजी क्षेत्रले अघि सारेको अभियानले परिणाममुखी नतिजा ल्याउन सक्ने महासंघको भनाइ छ ।
नेपाली हस्तकलाको बिक्री प्रवद्र्धन गर्न भृकुटीमण्डप खुला बजार क्षेत्रमा रहेका पसलमा हस्तकला प्रदर्शनी तथा बिक्री कक्ष स्थापना पनि स्वागतयोग्य रहेको भन्दै छिटो कार्यान्वयनमा जोड दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप विकास र सीप अभिवृद्धि र प्रविधि हस्तान्तरणसम्बन्धी तालिम कार्यक्रम सञ्चालनको जिम्मेवारी यस महासंघलाई प्रदान गर्न पनि उसले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच