रेसुंगामा पहिलो आवधिक योजना तर्जुमा गोष्ठी

हिमालय टाइम्स
Read Time = 4 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले दिगो विकासको अवधारणा अनुसार विकास गर्ने बताउनुभयो । रेसुंगा नगरपालिकाको सभाहलमा दुई दिनसम्म सञ्चालन भएको यस नगरपालिकाको आवधिक योजना सम्बन्धी अन्तरक्रिया गोष्ठीको समापन गर्दै नगरप्रमुख पन्थीले प्राकृतिक क्षयलाई रोक्ने गरी विकासका गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

रेसुंगा नगरपालिकालाई सप्तरङ्गी विकास गर्ने अठोटका साथ आफुहरु आएको भन्दै उहाँले आफ्नो कार्यकालमा योजनावद्ध रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले आफ्ना योजना र कार्यमार्फत नगरवासीहरुलाई सुशासन र विकासको अनुभूति दिने बताउनुभयो । पन्थीले भन्नुभयो, ‘‘रेसुंगा नगरपालिकाबाट हुने बसाइसराई रोक्न चाहान्छौं । यहाँका हरेक स्थानमा पुग्दा बसौं–बसांंै लाग्ने गरि सुन्दर नगरपालिका बनाउन चाहान्छौं ।’’ पन्थीले विकासात्मक गतिविधिमा हुने गुणस्तर कायम गर्न कुनै पनि प्रकारको सम्झौता नगर्ने बताउनुभयो ।

नगरप्रमुख पन्थीले यस वर्ष जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुंगा बहुमुखी क्याम्पसलाई भर्ना वर्षको रुपमा लिएर सहयोग पु¥र्याउने बताउनुभयो । उहाँले बहुमुखी क्याम्पसमा पूर्ववर्ती रुपमा विद्यार्थीहरुको भर्नादर वृद्धिका लागि भूमिका खेल्ने बताउनुभयो । बुटवल–सालझण्डी–पटौटी–तम्घास सडक खण्ड जिल्लाकै विकासको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै यसलाई स्तरोन्नती गर्नका लागि आफु लागिपरेको दावी गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन गरिएको अन्तरक्रिया गोष्ठीमा रेसुंगा नगरपालिकामा सञ्चालन गरिने पञ्चवर्षिय योजना निर्माणका सन्दर्भमा व्यापक छलफल गरिएको थियो । रेसुंगा नगरपालिकालाई आगामी पाँच वर्षमा कुन अवस्थामा विकास गर्ने भन्ने विषयमा योजनाबद्ध रुपमा छलफल भएको थियो । विज्ञलाई सहभागी गराइएको अन्तरक्रिया गोष्ठीमार्फत आवधिक योजनामा प्राथमिकताका साथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटन लगायतका विषयका बारेमा नगरपालिकावासीबाट सुझाव लिइएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकास लगायतका योजना सम्बन्धी छलफल एवं सल्लाह, सुझावका आधारमा अल्पकालिन र दिर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई कार्यपालिका बैठकबाट अन्तिम टुंगो लगाइने समेत उहाँले बताउनुभयो । अन्तक्र्रिया गोष्ठीमा रेसुंगा नगरपालिकाका जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रबुद्ध व्यक्तिहरु, उद्योगी, व्यवसायी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?