गुल्मी । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाले रुसी सेनामा नेपालीलाई भर्ती गर्ने कार्य बन्द गर्न माग गरेको छ । मानव अधिकार तथा शान्ति समाज युद्ध निषेधः शान्ति बिशेष अभियान अन्तर्गत रुस-युक्रेन युद्धको दुई वर्ष, इजरायल-हमास युद्धको १२८ दिन भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गर्दै यस्तो माग गरेको हो ।
रुसी सेनामा नेपालीलाई भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य बन्द गर्न गर, रुस युद्ध रोक शान्ति रोज, हमास-आतंकवाद बन्द गर, रुस-युक्रेन युद्धको दुई वर्ष उपलब्धि ध्वंस र विनास मात्र, विपिन जोशीलगायत बन्धक बनाएका सबैलाई विना सर्त रिहा गर, रुसः युक्रेनमाथिको आक्रमण बन्द गरलगायतका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।
त्यस अवसरमा मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डीराज पोखरेलले नेपाल सरकारले बेलायत र भारतसँग मात्र त्यहाँको सेनामा भर्ना हुने सम्झौता गरेकोले अवैध रुपमा रुसी सेनामा नेपालीलाई भर्ती गर्ने कार्य बन्द गरिनुपर्ने बताउनुभयो । अहिले सरकारले रुस-युक्रेन युद्धलाई रोक्न नसकेपनि अवैध रुपमा त्यहाँको सेनामा गएर नेपालीलाई भर्ति हुन चाहने कुरालाई रोक्न सक्नुपर्ने बताउनुभयो । संयुक्त राष्ट्र संघले हस्तक्षेप गरेर युद्धलाई रोक्नुपर्ने शान्ति समाजको धारणा रहेको भन्दै युद्धलाई सम्झौतामा टुङ्ग्याउनका लागि आव्हान गर्नुभयो ।
नेपाल नागरिक समाजका अध्यक्ष गुणानिधी शर्माले आधुनिक अन्तर्राष्ट्रिय कानुनले कुनै पनि मामिलामा युद्धलाई निषेध गरेको बताउनुभयो । कुनै पनि विवाद शान्तिपूर्ण रुपमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको भन्दै सबै नागरिक शान्तिपूर्ण रुपमा बाँच्न पाउनुपर्ने बताउनुभयो । अहिले नागरिकहरु विश्व चलायमान भएकाले रुस-युक्रेन युद्धले विश्वलाई असर पुर्याउने बताउनुभयो । अहिले चलिरहेको रुस-युक्रेन युद्धलाई वार्ता र वैधानिक हिसाबले समाप्त गर्नुपर्नेमा जोड दिनुभयो ।
रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दीन पन्थीले युद्धले शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार कुण्ठित गरेको बताउनुभयो । युद्धले मानवीय साथै भौतिक संरचनामासमेत ठुलो क्षति पुर्याउने भएकाले युद्ध कुनै पनि मूल्यमा सही हुन नसक्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच