नेपाली यू-१९ महिला क्रिकेट टिमले कतारसँग खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले कतारसँग प्रतिष्पर्धा गरिरहेको छ ।

आईसीसी यू १९ टि-२० महिला विश्वकप एशिया छनोट अन्तर्गत नेपालले आज पहिलो खेलमा कतारसँग प्रतिष्पर्धा गरिरहेको हो ।

खेल आज बिहान मलेसियामा ७ः१५ बजे शुरु भइसकेको छ । नेपाली यू-१९ महिला टोली आज जित निकाल्दै सुखद् शुरुवात गर्न चाहन्छ ।

छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

-फाइल फोटो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?