हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भन्दा निकै टाढा रहेको दुर्गम वस्तिका रुपमा चिनिने ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका स्थानीयले २८ वर्षपछि लालपुर्जा पाएका छन् । ०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् ।
पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति ७ नम्बर वडाको बँदेलचौरमा एक माना चामल र नुन जग्गाको तिरो तिर्दै आएका मासपुरवासीले २८ वर्षपछि भए पनि लालपुर्जा पाएकोमा स्थानीय ९२ वर्षीय दलवीर बुढाले खुसी व्यक्त गर्नुभयो । मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ ।
२०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । अनुगमनका क्रममा ताजाँकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको थाहा भएको थियो । तर, गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएको मालपोत कार्यालयले जनाएको छ ।
१२ घरधुरीलाई गत वर्ष चैतमै लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपुर्जा पाएका थिएनन् ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध