बजेट चुनाव लक्षित र इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन : अर्थमन्त्री शर्मा

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको दाबी गर्नुभयो ।

बजेट चुनाव लक्षित रहेको र इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपलाई खण्डन गर्दै उहाँले इन्डक्सन चुलो बाँडेर भोट तान्न नखोजेको दाबी गर्नुभयो ।

‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन । बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको छैन,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘केबल देशको आर्थिक अवस्थालाई मात्र हेरेर, देशमा कसरी स्थायित्व बनाउन सकिन्छ भन्ने आधारम बजेट बनाइएको हो ।’

प्रत्येक वर्ष एक वर्षका लागि बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याएको भन्दै उहाँले एमाले सांसदले चुनावको मुखमा एक वर्षका लागि बजेट ल्याएको भन्ने आरोपको खण्डन गर्नुभयो ।

खाद्य सुरक्षाका विषयमा १०० वटा खाद्य भण्डार निर्माण गरिने जानकारी दिँदै उहाँले प्रत्येक पालिकामा खाद्य संकलन केन्द्र पनि स्थापना पनि गरिने बताउनु भयो ।

किसानलाई ऋण लिन सहज होस् भन्ने उद्देश्यले पालिकामा लघुवित्त शाखा खोल्ने पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?