एनसेलको अनलिमिटेड डेटा र अल नेट भ्वाइस

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्नेछन् । अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याक रहेका छन् ।

आवश्यकताअनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । डेटाका साथै भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याक पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कमा अझै सुलभदरमा फोन गर्न र एसएमएस पठाउन सक्ने कम्पनीले जनाएको छ ।

करसहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा सय मिनेट टक टाइम र सय एसएमएस वा २९ रुपैयाँमा दुई सय ९० मिनेट टक टाइम र दुई सय ९० एसएमएस भएको बन्डल प्याक लिन सकिनेछ । अफरअन्तर्गतका डेटा प्याक र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याक ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेट इसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?