काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनु नपर्ने बताएका छन् । आइतबार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताउनु भयो । उहाँले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरू आइसकेकाले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताउनु भयो ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरू निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पुर्याउने कुरामा कमजोरी रहेको बताउनु भयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दुईमत नरहेको बताउनु भयो । निर्देशक पौडेलले सरकारको क्यान्सरको क्षेत्रमा आम नागरिकहरूलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुधिायुक्त अस्पतालहरू बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताउनु भयो ।
उहाँले बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जाने बताउनु भयो । उहाँले दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
हेमाटोलोजिस्ट डा. निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरू गरिरहेको बताउनु भयो । उहाँले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताउनु भयो । उहाँले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताउनु भयो ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले वस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको बताउनु भयो । उहाँले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताउनु भयो । अस्पतालमा सबै किसिमको सेवाहरु विशिष्टीकृत हुन्छ भन्ने कुरा प्रमाणित गर्ने गरेर काम अघि बढीरहेको बताउनु भयो ।
त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकाले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्न नहुने बताउनु भयो । उहाँले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।
क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताउनु भयो । उहाँले चिकित्सकहरूले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी क्यान्सर पीडितहरूले नेपालमै ब्लड क्यान्सरको सर्वसुलभ उपचार हुने भएकाले आत्तिनु नहुने बताए । उनीहरूले ब्लड क्यान्सर भयो भन्दै हरेस खानु नहुने र आत्मविश्वासका साथ लड्नुपर्ने पनि बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच