पश्चिमा देशले युक्रेनलाई हतियार पठाएमा युक्रेनमा थप आक्रमण : पुटिन

हिमालय टाइम्स
Read Time = 2 mins

किभ । पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।

रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो ।

रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ । त्यस्तै अर्को घटनामा, एक रूसी जनरल दोनबास क्षेत्रमा लडाइँमा मारिएका छ ।

रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ ।

रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।

हालै अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो । यसले ७० किलोमिटरसम्म प्रहार गर्न सक्छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?