काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई आज शपथ गराउने तयारी गरेको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री , मेटमणी चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।
नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । पर्यटन मन्त्रीमा नाम पठाइएका श्रेष्ठले आजै शपथको कार्यक्रम हुने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच