काठमाडौं । ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रिन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ ।
हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो केवाइसी र डिजिटल बैंकिङ जस्ता सेवाको सम्मिश्रणले खाता पूर्णरूपमा कागजविहीन रहेको बैंकले जनाएको छ ।
साथै खातामा ग्राहकले ८.०३ प्रतिशत उच्चतम व्याजदरमात्र नभई ग्रिन बैंकिङ प्याकेज मनी र इन्टरनेट बैंकिङ निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धताअनुरूप ‘गो ग्रिन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रिन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ ।
यसका साथै ग्रिन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्याँस न्यूनीकरणलगायत दिगो विकास लक्ष्यअन्तर्गत पर्ने क्षेत्रमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ । उक्त पहलमार्फत् लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रिन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच