जलवायु परिवर्तनका लागि ठूला तेल कम्पनीहरू जिम्मेवार : राष्ट्रसंघको महासचिव

Read Time = 2 mins

डाभोस । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरसले केही ठूला तेल कम्पनीहरूले जानी-जानी विश्वलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ । स्विजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै गुटेरसले सन् १०७० तिर नै वैज्ञानिकहरूले दिएको चेतावनीको बेवास्ता गर्दै ठूला तेल कम्पनीहरूले पृथ्वीलाई पाक्ने अवस्थामा पु¥याएको आरोप लगाउनुभयो ।

ठूला तेल कम्पनीहरूलाई उनीहरूको कामले एक दिन विश्वलाई तहस नहस बनाउने छ भन्ने थाहा भएको तर नाफाका लागि आँखा चिम्लिएको आरोप पनि उहाँले लगाउनुभयो । उतिबेलै वैज्ञानिकहरूले आजको प्रक्षेपण गरेका रहेछन् भन्दै उहाँले यहि अवस्था बढ्दै गए पृथ्वीका थुप्रै स्थान मानिस बस्न अयोग्य हुने ठोकुवा गर्नुभयो ।

‘जलवायु परिवर्तनलगायत समस्याले अहिले विश्व दयनीय अवस्थामा पुगेको भन्दै गुटेरसले पृथ्वीको तापक्रम बढेर दुई दशमलव आठ डिग्री सेल्सियस पुग्नु भनेको पृथ्वी धुवाँले भरिनु हो’, उहाँले भन्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?