बैतडी केन्द्रबिन्दु भएर भूकम्प

Read Time = 1 min

-कृष्ण बिष्ट
बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ४९ मिनेटको समयमा बैतडीसहित सुदूरपहाड आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

यसको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का महसुस गरिएको थियो । क्षतीको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?