विंकर दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका-५ को मुसहरनियाँ बसविट्टीमा विंकर दुर्घटना हुँदा ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा परी विंकरमा सवार १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३- ००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज-रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो ।

विंकर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका-१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते हुनुभएको छ ।

उपचारको क्रममा उहाँको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी-२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह रहनुभएको छ ।

जिल्लाकै शम्भुनाथ नगरपालिका-६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर-११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका-१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते हुनुभएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिरहाको कर्जनहा नगरपालिका-८ का ३६ वर्षीय ओमनरायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उहाँका सात वर्षीय छोरा आनन्द पासवान पनि सोही दुर्घटजामा परी घाइते हुनुभएको छ ।

घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?