वागमती प्रदेशको नीति तथा कार्यक्रमबारे सत्तापक्ष र प्रतिपक्षी सांसदको मिश्रित प्रतिक्रिया

Read Time = 3 mins

हेटौंडा । वागमती प्रदेश सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको बताउनुभएको हो । उहाँले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनु भयो ।

सांसद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरुमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स-साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताउनु भयो ।
यता नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि वागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको दाबी गर्नुभयो । उहाँले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो । सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताउनु भयो ।
समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताउनु भयो । वागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सदनमा प्रश्तुत गरेको थियो ।

नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?