श्रीलंकामा राष्ट्रपतिका भाइले दिए संसद् सदस्यबाट राजीनामा

Read Time = 1 min

-एजेन्सी
कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसद् सदस्यबाट राजीनामा दिनुभएको छ । देशमा आर्थिक संकटबीच उहाँले पदबाट राजीनामा दिनुभएको हो ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले पत्रकारहरूलाई भन्नुभयो ।

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?