नेपाल विश्वकप छनोटबाट बाहिरियो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटबाट बाहिरिएको छ । घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै नेपाल तेस्रो स्थानमा रहँदै यु-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरिएको छ ।

जितका लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । मलेसियाकी शीर्षक्रमकी ब्याटर तथा कप्तान एल्सा हन्टरले ३२ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।
नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै मनिषाकुमारी उपाध्यायले १ विकेट लिनुभएको थियो । त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । नेपालका लागि ओपनर अञ्जली विश्वकर्माले ५४ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै आश्मा पुलामी मगरले ३८ बलमा १ चौकासहित २६ रन बनाउँदा सृष्टि जैसी, अनु कडायत र सानु राजवंशी ३-३ रनमा आउट हुनुभएको थियो ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । एलिस हुन्तरले एक विकेट लिनुभयो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि विश्वकपको होडबाट बाहिरिएको हो ।

नेपाललाई ८ रनमा अलआउट गरेको युएई भने प्रतियोगिताबाट आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । युएईले अन्तिम खेलमा थाइल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो ।

६ टोली सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष पहिलोपटक हुने यु-१९ महिला विश्वकप खेल्न पाउने प्रावधान थियो । युएई पाँच खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुग्यो । युएईले भुटानलाई १६० रन, नेपाललाई १० विकेट, मलेसियालाई ९ विकेट र कतारलाई १० विकेटले हराएको थियो । नेपाललाई १० विकेटले हराउनेक्रममा युएईले मात्र ८ रनमा अलआउट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए