‘झिँगेदाउ’को गीत छायांकन सकियो

Read Time = 3 mins

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘झिँगेदाउ’मा समावेश एक गीतको छायांकन सकिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्रको उक्त गीतबाहेकको छायांकन कोरोना महामारी अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीतबाहेकको पोष्ट–प्रोडक्सनको काम पनि सकाइ सकाएको बताउनुभएको छ ।

पछिल्लो तीन दिनदेखि ललितपुरस्थित श्रीकाली चौरमा छायांकन भइरहेको गीतको छायांकन बिहीबार सकिएको हो । निर्देशक देउजाका अनुसार चलचित्रको गीतमा मात्रै १५ लाख बढी खर्च भएको छ । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको उक्त गीतमा प्रवीन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

चलचित्रको कथाको डिमाण्ड अनुसार कुनै पनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट बढ्दै गएको र काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाउनुभयो । केही दिनमा चलचित्रको गीत रिलिज गर्दै चलचित्रको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । चलचित्र आगामी भदौ अन्तिम साता रिलिज हुने बताइएको छ ।

चलचित्रमा समावेश गीतको मा राजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टलाई फिचर गरिएको छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको चलचित्र भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समीक्षा र सुशील निर्माताको रूपमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?