ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा विपद् जोखिमका दृृष्टिले उच्च जोखिममा रहेका बस्तीहरूमा विशेष सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन समिति एवं सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विशेष निगरानीसहित पूर्व-तयारी गर्नका लागि १५ वटा निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको छ । नदीको तटीय क्षेत्रको अवस्था नियमित जानकारी गराउन अन्नपूर्णले दाना, रघुगंगाले चिमखोला, बेनीले गलेश्वर, मंगलाले बाबियाचौर मालिकाले दरवाङ र धवलागिरीले मुना र मुदीमा सम्पर्क व्यक्ति राख्ने भएको छ ।
म्याग्दीमा विपद्को पूर्व-तयारी तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानीसहित बस्ती-बस्तीसँग जोडिने गरी पूर्व-तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।
प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समूहलाई परिचालन गर्ने, अति आवश्यकबाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । उहाँले सम्भावित जोखिम स्थानमा बसोबास गर्नेको लगत संकलन गरी स्थानीय तह, विपद् व्यवस्थापन समितिलाई जानकारी दिने, ठूला नदीमा बाढीको सम्भावनालाई मध्यनजर गरी सूचना दिने व्यक्ति खटाउने, राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, पर्याप्त खाद्यान्न, औषधिसहितका वस्तुको उपलब्धतालाई ध्यान दिनेलगायत गरी १५ बुँदे निर्णय गरेको बताउनुभयो । ‘विपद्को सामना गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्छ, ‘सरकारी स्रोतसाधनले मात्रै पर्याप्त हुँदैन’ प्रजिअ रानाले भन्नुभयो ।
उहाँले विपदमा परिचालन गरिने स्वंयमसेवकलाई क्षमता अभिवृद्धिका लागिसमेत स्थानीय तहले आवश्यक तयारी गर्ने बताउनुभयो । उहाँले जिल्लाको लाइफलाइन मानिएको बेनी-जोमसोम, बेनी-दरबाङ सडकखण्डसहित निर्माणाधीन अवस्थामा रहेका आयोजनालाई कम्तीमा एक स्काभेटर, डोजर तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिनुभयो । प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समूहलाई परिचालन गर्ने, अति आवश्यकबाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ । नदीको तटीय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरि गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ । सम्पर्क व्यक्तिलाई स्थानीय तहले व्यवस्थापन गर्ने जनाइएको छ ।
नदीमा पानीको वहाव ह्वात्तै बढ्दा तटीय क्षेत्र जोखिममा पर्ने भएकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा बाढी आउँदा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला दैविप्रकोप उद्धार समिति, जिल्ला प्रहरी सहितको सुरक्षा निकाय बेखबर हुने गरेका थिए । यस अगाडि कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न जडान गरिएको पूर्वसूचना (साइरन) प्रणाली जडान गरे पनि प्रभावकारी छैन ।
अन्नपूर्ण-२, तातोपानी, मंगला-बाबियाचौर धौलागिरि-७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ । उक्त प्रणालीले बाढीको संकेत गर्ने पहिलो साइरन बजेपछि बाढी थप ५० सेन्टीमिटर बढ्यो भने पूर्ण खतराको घण्टी बजाउने गरेकाले जिल्लामा प्रभावकारी मानिएको भए पनि नियमित मर्मत सम्भारमा ध्यान नदिँदा उपकरणसमेत चोरी भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच