स्वास्थ्य अवस्थाका कारण सरोगेसीबाट बच्चा : प्रियंका

Read Time = 2 mins

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले स्वास्थ्य अवस्थाका कारण सरोगेसीबाट बच्चा जन्माएको बताउनुभएको छ । ‘मलाई स्वास्थ्यसम्बन्धी जटिलता थियो,’ ब्रिटिस भोग म्यागेजिनको फेब्रुवरी २०२३ अंकमा प्रियंकाले भन्नुभएको छ । ४० वर्षीय प्रियंका र उहाँका पति निक जोनास, ३०ले जनवरी २०२२मा सरोगेसीका माध्यमबाट पहिलो सन्तान जन्माउनुभएो थियो । छोरीको नाम उहाँहरूले मालती म्यारी राख्नुभएको छ ।

सो म्यागेजिनसँगको अन्तर्वार्तामा प्रियंकाले आमा बन्ने आफ्नो प्रयास र त्यसका चुनौतीबारे बताउनुभएको छ । ‘सरोगेसी आवश्यक कदम थियो । म कृतज्ञ छु किनकि म सरोगेसी गर्न सक्ने ठाउँमा थिए । हाम्री सरोगेट निकै दयालु, मायालु र रमाइली थिइन् । जसले यी अमूल्य निधिको ख्याल राखिन्,’ उहाँले भन्नुभएको छ ।

‘तपाईंलाई मबारे थाहा छैन,’ आलोचकहरूलाई उहाँले भन्नुभयो, ‘म कस्तो अवस्थाबाट गुज्रिएँ भन्ने तपाईंलाई थाहा छैन । मैले आफ्नो र आफ्नो छोरीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न नचाहँदैमा तपाईंहरूलाई नानाथरी कुरा गर्ने अधिकार हुँदैन ।’
आफू परिवारलाई लिएर रक्षात्मक रहेको उहाँको भनाइ थियो । समय नभई जन्मेकाले उहाँकी छोरीलाई सय दिनसम्म एनआईसीयूमा राखिएको थियो । ‘हामीले हरेक दिन उसलाई मेरो वा मेरो पतिको छातीमा राखेर बितायौँ,’ ती दिन सम्झिँदै प्रियंकाले भन्नुभयो, ‘ऊ बाँच्छे या बाँच्दिनँ मलाई थाहा थिएन ।’
एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?