ग्रिनल्याण्ड र नेसनल युनाइटेडको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्याण्ड र नेसनल युनाइटेडले १५औँँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् ।

ग्रिनल्याण्डले गोल्डेन पिकलाई ४३-३० ले पराजित गर्‍यो । ग्रिनल्याण्डको जितमा सुरेश बिसीले १९ अंकको योगदान गर्नुभयो । विराज श्रेष्ठको १० अंकको मद्दतमा नेसनल युनाइटेडले केभिकेएसएसलाई २१-१४ ले हरायो । सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबिए) ले जुगल एकेडेमीलाई ४४-२४ तथा काठमाडौं भ्यालीले टिआइएलाई ३०-१६ ले पाखा लगायो । इबिएका सौगात खत्रीले २२ तथा काठमाडौं भ्यालीका आयुशले आठ अंक जोड्नुभयो ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एचएचसिएले दोहोरो जित निकाल्यो । एचएचसिएले काष्ठमण्डपलाई १४-११ तथा जुगललाई २९–१५ ले निराश पा¥यो । जितमा काष्ठमण्डपविरुद्ध रेस्मा तामाङले ११ तथा जुगलविरुद्ध सरा घलेले नौ स्कोर गर्नुभयो । सिनियर गल्र्समै काष्ठमण्डपले जुगलमाथि २६-१४ को जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले आठ अंक बटुल्नुभयो ।

जुनियर ब्वाइजमा इबिएले ड्याफोडिललाई ११-७, ग्रिनल्याण्डले टिआइएलाई २६-१६ तथा वसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले गोल्डेन पिकलाई २१-१३ ले पन्छायो । इबिएका निखिल शाहीले ११, ग्रिनल्याण्डका आयुश घलेले १८ र बिएनएका सुयेश गौतमले आठ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?