विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
आज मोरङ जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले घेरावन्दीका बाबजुद पनि पार्टीले लोकप्रिय पहिलो मत ल्याएको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी खट्न निर्देशन दिनु भएकाे हाे ।
उहाँले स्थानीय चुनावमा घेरावन्दीका बाबजुद पार्टीले लोकप्रिय पहिलो मत प्राप्त गरेकाले त्यसमा उभिएर आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्ने गरी काममा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन।’
समाओवादी अध्यक्ष प्रचण्डतिर संकेत गर्दै ओलीले पाँच दलीय गठबन्धनलाई एउटै प्रकारको जुठो गाँस खाएको बताउँदै भन्नुभयो, ‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईहरुले’, उहाँले भन्नुभयो, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउँने ।’
एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले भन्दै उहाँले प्रश्न गर्नुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम