लण्डन । स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानोसँग रोकिएको हो । रायोका गोलरक्षक डिमित्रिएभ्स्की भने उच्च लयमा देखिँदा टोलीले गोल गर्न सकेन । पाँचौँ मिनेटमा रियलका फेडे भालभर्डेको प्रहार रायो गोलरक्षक मित्रिएभ्स्कीले उत्कृष्ट ढंगले बचाउनुभयो । २६औँ मिनेटमा मोड्रिचको क्रसमा जोसेलुको हेडरले पोस्टको दिशा लिन सकेन ।
३६औँ मिनेटमा रियलका कामाभिँगाको प्रहार र रिबाउण्डमा जोसेलुको प्रहारमा पनि डिमित्रिएभ्स्की बाधक बन्नुभयो । ३९औँ मिनेटमा रियलका भिनिसियस जुनियरको प्रहारमा पनि डिमित्रिएभ्स्कीले उत्कृष्ट बचाउ गर्नुभयो । ४३ औँ मिनेटमा रियलका जुड बेलिमको प्रहार क्रसबारमा लागेर बाहिरियो ।
बराबरीपछि रियलले पुनः पहिलो स्थानमा रहने मौका गुमाएको छ । रियलको १२ खेलमा नौ जित, दुई बराबरी र एक हारसहित २९ अंक छ । जिरोनाको १२ खेलमा १० जित, एक बराबरी र एक हारसहित ३१ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको १२ खेलमा २७ अंक छ । रायो भालेकानो १८ अंकसहित नवौँ स्थानमा छ ।
यता अन्तिम समयमा लिभरपुलले बराबरी गोल गरेपछि लुटन टाउन इंग्लिस प्रिमियर लिगमा जित हात पार्नबाट रोकिएको छ । यसै सिजन पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको लुटनले ताहिठ चोङमार्फत् गरेको गोलबाट अग्रता बनाएको थियो । तर, लिभरपुलका लुइस डियाजले अन्तिम समयमा गोल गर्दै खेलमा बराबरी गर्नुभएको थियो ।
१३औँ मिनेटमा डार्विन नुनेजले ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्डको पासमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ३३औँ मिनेटमा रायन ग्राभेनबर्चको पासमा डिएगो जोटाले गरेको प्रहार लुटनका गोलरक्षक कमिन्स्कीले बचाउनुभयो ।
८०औँ मिनेटमा लुटनले खेलमा अग्रता लियो । काउण्टर अट्याकमा राइट-ब्याक काबोरेको पासमा टाहिठ चोङले गोल गर्दै लुटनलाई ऐतिहासिक जितको नजिक लग्नुभएको थियो । तर, खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा लिभरपुलले बराबरी गोल गर्यो । हार्भी एलियटको क्रसमा डियाजले हेडरमार्फत् गोल गर्दै खेलमा बराबरी गर्नुभएको थियो ।
जितपछि ११ खेलमा सात जित, तीन बराबरी र एक हारसहित लिभरपुल २४ अंक जोड्दै तेस्रो स्थानमा छ । ११ खेलमा एक खेलमा जित, तीन बराबरी र सात हारसहित लुटन ६ अंक लिएर १७औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच