निर्वाचन खर्चको विवरण बुझाउन भोजपुर निर्वाचनको उम्मेदवारलाई आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई खर्च विवरण बुझाउन भनेको छ ।

जिल्लामा रहेका सवै स्थानीय तहलाई परिपत्र गर्दे जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो ।

निर्वाचन कार्यालयको पत्रमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) तथा सोको नियमावली ४० बमोजिम स्थानीय तहका बिभिन्न पदका उम्मेदवारहरूले निर्वाचनको अवधीमा भएको सम्पूर्ण खर्चको बिवरण उम्मेदवार तथा तिनका प्रतिनिधीले निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र नियमावलीको अनुसूची ३० बमोजिमको ढाँचामा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने र निर्वाचन आचार सहिता २०७८ को परिच्छेद १५ (ञ) बमोजिम सार्वजनिक गर्नु पर्ने कानुनी ब्यवस्था तथा उम्मेदवारहरुले गर्न पाउने खर्चको सिमा निर्वाचन आयोगले नेपाल राजपत्रमा समेत प्रकाशित गरि सकेको छ ।’

निर्वाचनको खर्च विवरण बुझाउने सम्वन्धमा जिल्लाका दुई नगरपालिका र सात वटै गाउँपालिकालाई परिपत्र गरिएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिनु भयो ।

भुसालले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका सवै उम्मेदवारहरुको खर्च बिवरण सम्वन्धित पालिकामा संकलन गरी एकमुष्ट कार्यालयमा उपलब्ध गराई दिन परिपत्र गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?