बढ्दो गर्मीसँगै व्यापार व्यवसायमा प्रभाव, विद्यालयसमेत बन्द

हिमालय टाइम्स
Read Time = 2 mins

-दीपककुमार शर्मा

बर्दिया । अत्याधिक गर्मीका कारण बर्दियालगायत तराई मधेशका जिल्लाको जनजिवन प्रभावित बन्दै गएको छ ।

केहि दिन यता बढेको गर्मीका कारण वजारमा क्षेत्रमा मानिसको चहल पहल कम भएको छ भने व्यापार व्यवसायमा पनि मन्दि आएको व्यापारीहरूले बताएका छन् ।

जेठ महिना सुरु भएसँगै बढेको गर्मीका कारण बजारमा मानिसको चहल पहल निकै कम भएको छ । मानिसको चहल पहल कम भएसँगै व्यापार व्यवसायमा पनि हस आएको बारबर्दिया नगरपालिकामा फेन्सी पसल चलाइरहनु भएका व्यापारी उमेश थारुले बताउनुभयो  । उहाँकाअनुसार वैशाख महिना सुरु भएदेखि बढेको गर्मीका कारण वजारमा मानिसको चहल पहल कम भएपछि व्यापार प्राय सुन्य नै रहेको छ ।

बजारमा पिय पदार्थको माग बढेको छ । गर्मी सुरु भएसँगै व्यापार व्यवसाय प्रभावित भएका कारण व्यापारीको मनोबल पनि खस्कदै गएको छ । प्रचण्ड गर्मीका कारण सरकारी कार्यालयमा सेवाग्राहीको चाप कम देखिएको छ ।

यता बढ्दो गर्मीका कारण बर्दियाका अधिकाँस स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जस अनुसार जेष्ठ २७ गते देखि ३१ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सतिस यादवले बताउनुभयो ।

उहाँका अनुसार गर्मीसँगै विद्यार्थीहरू समेत विरामी पर्न थालेपछि  उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

लामो समयदेखि पानी नपरेका कारण यहाँ दिउँसोको समयमा तातो हावा लु समेत चल्ने गरेको पाइएको छ । अस्पतालहरूमा विरामीको चाप पनि बढ्दै गएको स्वास्थकर्मीहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?