गीती एल्बम ‘मन बिसाउने चौतारी’

Read Time = 1 min

काठमाडौं । गीतकार राज श्रेष्ठका ६ गीतहरूको एल्बम ‘मन बिसाउने चौतारी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले गीति एल्बमको विमोचन गर्नुभयो ।

कार्यक्रममा कुलपति श्रेष्ठले विदेशमा रहेर पनि नेपाली गीत-संगीतलाई माया गर्ने सर्जकहरूको प्रशंसा गर्नुभयो । पोखराका राज विगत तीन दशकदेखि बेलायतमा बस्दै आउनुभएको छ । नेपाली गीत र मुक्तक लेखनमा सक्रिय हुनुहुन्छ ।

राजका गीतलाई संगीतकारहरू दीपक जंगम, सूर्य थुलुङ र न्युह् बज्राचार्यले संगीतबद्ध गर्नुभएको छ । दीपक जंगम, संगीता राना प्रधान, सूर्य थुलुङ, अजर जंगम, प्रवीण बेडवाल, मेलिना राई र विक्रम बरालको आवाज छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?