अर्थमन्त्रीको प्रष्टोक्ति: बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन

Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उहाँले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताउनु भयो ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ ।

जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरुले विरोध जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?