साथीमार्ट नरेफाँटमा पनि

Read Time = 1 min

काठमाडौं । साथीमार्टले कोटेश्वरको नरेफाँटमा पनि आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेट साथीमार्टको १०३औँ आउटलेट हो । विगतमा बैंकिङ क्षेत्रमा आबद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बादे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्नुभएको हो ।

फ्रेन्चाइज धनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गर्नुभयो । मार्टको सुरुवाती दिनदेखि नै निःशुल्क होम डेलिभरी सेवा प्रदान गर्ने योजना रहेको लक्ष्मी बादे श्रेष्ठले जानकारी दिनुभयो ।

६५० वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट आइटमलगायतका सामान उपलब्ध हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?