असारभित्र ‘कम्प्लायन्स’ पालना नगरे कारबाही

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘कम्प्लायन्स’ असार मसान्तभित्र पालना नगरे कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बोलाएर एनपिएल, सिडी रेसियो तोकिएको सीमा समय हुँदै ल्याउन निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षभित्र बैंकहरूलाई पालना गर्नुपर्ने विविध नीति निर्देशन पालना भए/नभएको र ‘कम्प्लायन्स’ अवस्थाबारे जानकारी लिन बैंक सुपरीवेक्षण विभागले वार्षिक सूचीअनुसार सिइओलाई बोलाएर सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

असारभित्र सिडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई समय थप नहुने पनि राष्ट्र बैंकले जनाएको छ । सीमाभन्दा माथि सिडी रेसियो भएका वाणिज्य बैंक ऐनले तोकेको कारबाहीमा पर्नेछन् ।

१५ वाणिज्य बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि र सातवटा वाणिज्य बैंकको ९२ प्रतिशतभन्दा माथि रहेको बताइएको छ । राष्ट्र बैंकले स्थगित गरेको काउन्टर साइलिङ बफरसमेत साउनदेखि लागू गर्ने भएको छ । राष्ट्र बैंकले मर्जरका लागि असारसम्म मात्र छुटका लागि सीमा भएको भन्दै सिइओहरूलाई सचेत गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?