पर्वतारोही शेर्पा मुक्तिनाथका प्रवद्र्धक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रवद्र्धनका लागि सम्झौता भएको छ । सफल पर्वतारोही लाक्पा देण्डी शेर्पाले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गरेर गिनिज बुक रेकर्ड कायम गर्नुभएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजारीकरण प्रवद्र्धन तथा संस्थागत मामिला विभागका वसन्त बक्सी तथा लाक्पा देण्डी शेर्पाले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै शेर्पाले बैंकका सेवासुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्रान्ड इन्फ्लुएन्सरको भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?