Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

गणित विषयको ‘हाउगुजी’ समाधान गर्न सम्मेलन

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

-प्रकाश नेपाल

इलाम । घरायसी व्यवहारदेखि जीवनका हरेक पलमा प्रयोगमा आउने विषय हो गणित । खोज अनुसन्धानदेखि विज्ञान, ज्योतिषलगायत क्षेत्रमा पनि गणितको महत्व उस्तै छ । गणित विषयमा स्नातकभन्दा माथि अध्ययन गरेकाहरू विरलै मात्र बेरोजगार भेटिन्छन् । तर, पछिल्लो समय गणितको अध्ययन गर्नेहरू घट्दै गएको र यसलाई गलत व्याख्या गरिएको भन्दै सरोकारवालाहरू चिन्तित बनेका छन् ।

गणित विषयको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले नेपाल गणित समाजले कार्यशाला र सम्मेलन नै आयोजना गरेर भ्रम चिर्ने प्रयास गरेको छ । गणित विषयको पठनपाठन प्रभावकारी बनाउन अनुसन्धानात्मक विचार, विमर्श र बहस आवश्यक भएको भन्दै इलाममा भएको सम्मेलनमा डेढ सय धेरै गणित विज्ञ इलाममा जम्मा भएका थिए ।

गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै कमजोरी रहेको सहभागीको धारणा छ । गणित संसारभर एउटै विज्ञानमा आधारित हुने भएकाले यो विषय गाह्रो नभएको तर पढाउने, सिकाउने, पाठ्यक्रम बनाउनेलगायत काममा अनुसन्धान नहुुँदा जटिलजस्तो भएको सरोकारवाला बताउँछन् । यस्तै भ्रमले भविष्यमा गणित पढ्ने नै पो कोही नहुने हो कि भन्ने चिन्ता रहेको अमेरिकाको जर्जिया राज्यस्थित मर्सल युनिभर्सिटीका सहप्राध्यापक केदार नेपाल बताउनुहुन्छ ।

गणित विषयसम्बन्धी हुने कार्यशाला र सम्मेलन सिकाइ प्रक्रियामा सहजता थपेको शिक्षकहरू बताउँछन् ।  जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाइन गोष्ठी तथा तीन दिनसम्म प्रत्यक्षरूपमा इलाममा कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको थियो । विद्यालय तहमा घटिरहेको गणितका विद्यार्थीको संख्या बढाउन तथा गणितमा बढी विद्यार्थी अनुत्तीर्ण हुने गरेको अवस्था सुधार्न सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने सहभागीहरूले बताएका छन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?