काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्न लागेको नाडा अटो शो २०२२ को स्टल बुकिङमा आकर्षण देखिएको छ । चार दिनका लागि खुला गरिएको बुकिङमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीले बुकिङ गरिसकेको नाडाले जनाएको छ । बिहीबार गरिएको गोलाप्रथाबाट कम्पनीलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको नाडाले जनाएको छ ।
यस वर्ष विगतका संस्करणभन्दा पृथकरूपमा कमर्सियल भेहिकलको सहभागिता रहनुका साथै विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुईपांग्रे इलेक्ट्रिक पेभिलियनसमेत राखिने आयोजकले जनाएको छ । नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार अटो व्यवसायीको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्रान्डको प्रक्षेपणका लागि समेत नाडा अटो आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच