आइसक्रिमको विकल्पमा फ्रोयो

Read Time = 2 mins

काठमाडौं । फ्रोयो (फ्रोजन योगर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ । ललितपुरको झम्सिखेलबाट सेवा प्रदान गर्दै आएको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेललगायत मुख्य शहरमा सेवा विस्तार गर्ने भएको छ । उपत्यकामा आफैं शाखा विस्तार गर्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइजमार्फत् सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोशिला भण्डारीले बताउनुभयो ।

फ्रोयो हाल १५ प्रकारका स्वादमा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । फ्रोयोमा चिनी र फ्याट मिसावट नगरिएका कारण सबैखाले उपभोक्तालाई उपयुक्त हुने कम्पनीले जनाएको छ ।

विकसित मुलुकमा फ्रोयोलाई आइसक्रिमको विकल्पका रूपमा पनि लिइन्छ । आइसक्रिममा चिनीको मात्रा बढी हुने भए पनि फ्रोयोमा चिनी मिसावट गरिँदैन । फ्रोयो नेपालका सञ्चालक अच्युत पोखरेलका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो ।

नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोरोनाका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए । कोरोना कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएकाले विस्तार गर्ने योजना अघि सारिएको कम्पनीले जनाएको छ ।

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा एक सय ८० रुपैयाँदेखि नौ सय रुपैयाँको फेमिली प्याकमा उपलब्ध रहेको छ । आँप, लिची, स्ट्रबेरीलगायत विभिन्न १५ फ्लेबरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?