ओपोको फोल्डेबल स्मार्टफोन

Read Time = 2 mins

काठमाडौं । ओप्पोको पहिलो फोल्डेबल फ्ल्यागसिप स्मार्टफोन गुगल की नोटमा प्रदर्शन गरिएको थियो । ओपो फाइन्ड एन एन्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोनमध्ये एक हो ।

ओपोले ओपोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एन्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै एन्ड्रोइड १३ बिटा ओपो फाइन्ड एकस प्रो फ्ल्यागसिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताका लागि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ओपोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भन्नुभयो, ‘ओपो फाइन्ड एनले प्रविधिको उन्नतिमार्फत् प्रयोगकर्तालाई सशक्त बनाउन ओपोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्छ । गुगलसँग मिलेर काम गर्दै हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौँ ।’ ओपो फाइन्ड एनमा रहेको एन्ड्रोइड १३ बिटाले मल्टिटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेका लागि अनुकूल नयाँ सुविधाको दायरा समावेश गर्ने कम्पनीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?