किभ । पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुका साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ ।
दोनेत्स्कमा पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो ।
सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरू बीच भयंकर लडाईको विषय भएको छ । ‘आज बिहानदेखि, शत्रुको ठूलो बमबारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच