अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री नजाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने हुनुभएको छ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जान नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो ।

आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर जानकारी दिएको र शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?