काठमाडौं । नयाँ अर्थमन्त्रीको आगमनसँगै बुधबार ९.३३ अंकले बढेकामा बिहीबार १३.५१ अंकले बढेर २०३०.५५ अंकमा पुगेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बुधबार कार्यभार सम्हाल्दै सेयर बजारमा रहेको ६१ लाख लगानीकर्ताको लगानी सुरक्षालाई ध्यान दिने प्रतिबद्धता जनाउनुभएको थियो । अर्थमन्त्रीको सोही प्रतिबद्धताको सकारात्मक प्रभाव बिहीबारको सेयर बजारमा देखिएको अनुमान गरिएको छ ।
नवनियुक्त अर्थमन्त्री पुनले कार्यभार सम्हाल्दै सेयर बजारमा रहेको ६१ लाख लगानीकर्ताको लगानी सुरक्षालाई ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धताको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको अनुमान गरिएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये १० वटा बढेको छ भने तीनवटा घटेको छ । निर्जीवन बिमा सर्वाधिक १.५६ र जलविद्युत् १.१४ प्रतिशतले बढेको छ तर म्युचुअल फण्ड, व्यापार र होटल तथा पर्यटन घटेको छ । तीन सय नौ कम्पनीको ८९ लाख २९ हजार एक सय ५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार तीन अर्ब ४५ करोडको कारोबार भएको थियो । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने चिरख्वा हाइड्रोपावर ८.९७, मध्य भोटेकोशी ६.०८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.९६ र हाथवे इन्भेष्टमेन्ट नेपालको ५.६४ प्रतिशतले बढेको छ ।
तर, एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाई मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ । सामलिङ पावर ५.०२, बोटलर्स नेपाल तराई ४.३५, एनएमबी ५० को इकाई मूल्य ३.८८ र हिमालयन ८०-२० को ३.८५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्ट्स १६ करोड ४१ लाख, सोनापुर मिनरल्स १३ करोड ४१ लाख, मोलुङ हाइड्रोपावर १३ करोड ३७ लाख र हाथवे इन्भेष्टमेन्टको नौ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच