सामसुङको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रमाइलो दशैँ-तिहार, मायाले भरौँ घरपरिवार भन्ने नाराका साथ सामसुङले दशैं-तिहार अफर ल्याएको छ । अफरअन्तर्गत ४१ प्रतिशतसम्मको छुटमा सामसुङ टेलिभिजन सेट र होम अप्लायन्स खरिद गर्न सकिनेछ । अफरमा सामसुङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश छ । क्यासब्याक अफरका साथै सामसुङका नयाँ प्रोडक्ट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसुङ टिभी खरिदमा तीन वर्षको वारेन्टी रहेको छ । होम थियटर एक्सपिरिएन्स अफरका साथ ग्राहकले सामसुङको कुनै पनि नयाँ टिभीसँग ती ४००, बी-४५०, ए-४५०, ती ४२० र एमएक्स-ती ५० लगायत जुन पनि साउण्डबार खरिद गर्दा बण्डल छुट पाउन सक्ने बताइएको छ । सामसुङको नवीनतम टिभी नियो क्युएलइडी टिभी खरिदमा ४१ हजार छ सय ९० को बी ४५० साउण्डबार सित्तैमा पाइने कम्पनीले जनाएको छ । नेपालमा सामसुङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार कम्पनी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?