प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान नभन्न कांग्रेसको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित नभएर बैठकको अपमान गरेको टिप्पणी भएपछि नेपाली कांग्रेसका सांसदहरूले बचाऊ गरेका छन ।

सिंहदरबारमा जारी समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभए पछि सभापति पवित्रा निरौलाललगायतले समितिको ‘अपमान’ गरेको अभिव्यक्ति दिएपछि कांग्रेस सांसदहरू बचाउमा उत्रेका हुन् । प्रधानमन्त्री देउवालाई अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले आज बोलाएको थियो ।

सभापति पवित्रा खरेलले बैठकमा उपस्थिति नभएर प्रधानमन्त्री देउवाले अपमान गरेको भन्ने टिप्पणी गरे लगत्तै कांग्रेस सचेतक पुष्पा भुसालले अपमान भन्ने शब्द उचित नभएको भन्दै बचाउ गर्नु भएको हो ।

‘हामीले बोलाउँदा उहाँ (प्रधानमन्त्री) आउनुपर्छ, तर प्रधानमन्त्रीको समय के भयो, त्यस आधारमा बुझ्नुपर्छ, अपमान नै भन्ने शब्द प्रयोग गर्नु हुन्न’ भुसालको आग्रह थियो ।

काग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने भन्दै बचाउ गर्नुभएको छ ।

सभापति खरेलले बैठकको दुई घन्टा अघि अर्थात् बिहान ८ बजे मात्रै उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएलगत्तै कांग्रेस सांसदहरू बचाउमा लागेका हुन् ।

‘हिजो दिनभरी फोनमा सम्पर्क गरियो । तर, आज बिहान ८ बजे उपस्थित नहुने भनेर खबर आयो, यस्तो कार्यले समितिको अपमान गरेको महसुस गरेको छु, यो अपमान हो भन्ने मलाई लाग्छ,’ सभापति खरेलले भन्नुभयो ।

अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो । यसअघि सोबारेमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएलगत्तै समितिले आज प्रधानमन्त्रीलाई बोलाएको थियो ।

पराराष्ट्र मन्त्री खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको तथा प्रधानसेनापति शर्माले एसपीपी नेपालको हितमा नभएको भन्दै हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?