आगामी जनवरीदेखि केन्या जान भिसा लिनु नपर्ने

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडौं । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो ।

राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गर्नुभयो । रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसा बिना नै देशमा प्रवेश गर्ने बताउनु भयो । यस कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताउनु भयो । केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कंगोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो ।

राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेण्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मुलन गर्न वकालत गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?