मिलाप फाउण्डेशनको साधारण सभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मिलाप फाउण्डेशनको साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा वरिष्ठ कलाकार उत्तम केसीको प्रमुख आतिथ्यतमा फाउण्डेशनको साधारण सभा सम्पन्न भएको हो । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले विभिन्न समयमा स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरणलगायत अन्य सामाजिक कार्य गर्दै आएको छ ।

फाउण्डेशनको अध्यक्षमा गीता अधिकारी ‘कमला’, उपाध्यक्षमा राज लुइँटेल, महासचिवमा किरणप्रसाद अधिकारी, सचिवमा गोकर्ण लामिछाने, कोषाध्यक्षमा रिना श्रेष्ठ र सदस्यमा सारिका घिमिरे, योगेश काजी, सुरेन्द्र थापा रहनुभएको छ ।

फाउण्डेशनकी अध्यक्ष गीताले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताउनुभयो । ‘हामील विगतमा स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरणलगायत अन्य सामाजिक कार्य गर्दै आएको छौं, आउँदा दिनमा समाजका विभिन्न क्षेत्रमा काम गर्ने योजना रहेको छ’, उहाँले सुनाउनुभयो । गीताले अब यसलाई अझ विस्तृत रूपमा लैजान आफूहरूले तयारी गरिरहेको जनाकारी गराउनुभयो ।

फाउण्डेशनका उपाध्यक्ष राज लुइँटेलले समाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो । प्रमुख अतिथि केसीले फाउण्डेशनले समाजमा उदाहरणीय कार्य गर्दै आएको र अबका दिनमा यसलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा बताउँदै मिलापका कार्यको सह्रना गनुभएको थियो । अन्य सदस्यले आगामी दिनमा फाउण्डेशनका कार्यमा अझ सशक्त रूपमा लाग्ने बताउनुभयो । सो अवसरमा फाउण्डेशनमा रहेको पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?