क्रोधकला शिरोमणि कालु कुमालेको वृत्तचित्र प्रस्तुत

Read Time = 2 mins

काठमाडौं । क्रोधकला शिरोमणि कालु कुमालेको ९०औँ वर्षको उपलक्ष्यमा क्रोधकला शिरोमणि फाउन्डेसनको वेब साइट र वृत्तचित्र उद्घाटन गरिएको छ । फाउन्डेसनले सोमबार लतिलपुरको हात्तिवनमा एक कार्यक्रमबीच वेब साइट र वृत्तचित्रको उद्घाटन गरेको हो ।

ललितपुर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको स्वागतका लागि आयोजित कार्यक्रमसँगै वेब साइट र वृत्तचित्र पनि उद्घाटन गरिएको फाउन्डेसनले जनाएको छ । सो अवसरमा फाउन्डेसनका प्रमुख संरक्षक क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कालु कुमालेको हस्तकलाअन्तर्गत खासगरी धातुकलामा विशेष योगदान रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताउनुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर हस्तकला नगरी भएकाले हस्तकलामै जीवन समर्पित गर्नेलाई विशेष सम्मान आवश्यक रहेको भन्दै महानगरपालिकाले पनि सम्मानका लागि विशेष व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभासद शोभा शाक्य, वडाध्यक्षहरू, महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्य र बाराही समाजका अध्यक्ष पुष्परत्न बाराहीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?