वक्यौता रकम बढ्दै गएका कारण मूल्य समायोजन: आपूर्तिमन्त्री बडू

Read Time = 1 min

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने वक्यौता रकम बढ्दै गएका कारण मूल्य समायोजन गरिएको बताउनु भएको छ ।

संसदमा सार्वजनिक महत्वको विषयमा जवाफ दिँदै मन्त्री बडूले मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यतात्मक स्थिति देखा परेका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताउनु भयो ।

आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको उहाँकाे प्रष्टिकरण थियो ।

अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको र त्यसको जानकारी आयल निगमको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?