इरानमा तीन महिनामा एक सय जनालाई फाँसी दिइयो : राष्ट्रसंघ

Read Time = 2 mins

न्यूयोर्क । इरानले सन् २०२२ को पहिलो तीन महिनामा एक सयभन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उपमानवअधिकार प्रमुख नादा अल-नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल-नासिफले भन्नुभयो ।

यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उहाँले जानकारी दिनुभयो । मृत्युदण्ड दिइएकामध्ये धेरै अल्पसंख्यक समूहका थिए । गुटरेसको प्रतिवेदनमा लागूऔषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ । निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको उहाँको भनाइ थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?