इस्मा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

-रमेश विश्वकर्मा

गुल्मी । ‘गाउँपालिकाको दिगो विकासका लागि शिक्षा,स्वास्थ्य, कृषि र रोजगार, खुसी र समृद्ध इस्माको मुख्य आधार’ भन्ने मूल लक्ष्यसहित गुल्मीको इस्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनमा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले पुराना आर्थिक विकासका योजनालाई निरन्तरता दिँदै आगामी आ.व. का नयाँ निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले आलु पकेट कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ आलु पकेट क्षेत्र विस्तार गरि कुषि उत्पादनलाई भण्डारण गर्न सित भण्डार निर्माण गर्ने, १ वडा १ प्राविधिकको अवधारणा अघि सार्ने, कृषि शिक्षा अध्यायन गरेका पालिका भित्रका नागरिकलाई त्यस कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छीको विमा निशुल्क गर्ने, गाउँपालीकाको वडा नं. ४ र ५ का लागि कृषि सेवा ईकाई बनाउने, एकिकृत कृषि बगैचा निर्माण गरि पर्यटक भित्र्याउने योजना रहेको उल्लेख गर्नुभयो । गाउँपालिकामा माटो परिक्षण ल्याव स्थापना, एक घर एक गोठ, दश फलफुलको बोट कार्यक्रम अघि बढाउने, हरेक घरमा आयुर्वेदिक विरुवा लगाउने, जडीबुटीको विरुवाको स्रोत केन्द्र स्थापना गर्ने, कृषि उपजको उत्पानमा जोड दिई बजारीकरणमा सघाउने निती ल्याएको बताउनुभयो ।

आगामी १५ वर्षमा इस्मा गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारीमा जोड दिई नगर उन्मूख बनाउने योजना पालिकाले लिएको छ । इस्माका युवा, इस्मामै सेवा अन्तर्गत पालिका भित्रका पुर्वाधार निर्माणमा सहभागि गराउने, स्वास्थ्य विमाको क्षेत्र फराकिलो बनाउने, गाईवस्तुको दाना उत्पादन केन्द्र स्थापना गर्ने उहाँले बताउनुभयो ।

सार्वजनिक सम्पतिको संरक्षण तथा सम्बद्धन गर्ने, गाउँपालिकाको चक्रपथलाई कालोपत्रे गर्ने, गाउँपालिका भित्रका महत्वका सम्पदालाई पर्यटकिय रुट निर्माण गर्ने, छल्दी जलाधार क्षेत्रमा तटबन्ध गरि जलाशय निर्माण गर्ने निती तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । पालिका भित्रका कृषकलाई उन्नत विउविजन वितरण गरि प्रोत्साहन अनुदान समेत दिइने छ । घरेलु उत्पादन :जुत्ता, ब्याग उद्योग धन्दा स्थापनाका लागि व्यवसायीलाई सहयोग गर्ने, वन्यजन्तुले क्षती पुराएको बालीमा राहात उपलब्ध गराउने निती छ ।

त्यस्तै अनुगमनको आधारमा साना किसानलाई अनुदानमा कृषि साम्रगी वितरण गर्ने, मौरी घार वितरण गर्ने खड्काले बताउनुभयो । इस्माका महिला, उद्यममा पहिला, सिप सिकौं, उद्यमी बनौ अभियान सञ्चालन गरि महिला उत्थान र रोजगारी सिर्जना गर्ने बताउनुभयो । एक वडा, एक उद्योगको अवधारणा लिई उद्योग स्थापनार्थ दर्तामा शुल्क छुट गर्ने, बाँसजन्य उत्पादीत सामूगी बजारीकरण गर्ने, सहकारीको माध्यमबाट सामुदायिक रेडियोको सम्भाव्यता अध्यायन गर्ने, लघुउद्यम विकासमा सहकारीको प्रयोग गरि अघि बढने निती तथा कार्यक्रममा भनिएको छ ।

गाउँपालिकाको वडा नं. ६ अन्नभण्डारको रुपमा परिचीत चौरासीफाँटमा सिचाँई कुलो व्यवस्थित गर्ने, १ वडा १ पलम्बरको निती ल्याइएको छ ।

माध्यमिक विद्यालयमा कार्यरत विद्यालय सहायकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने, विद्यालयमा स्वंयमसेवक स्टक बैक बनाउने, विपन्न, जेहेन्दार र कुमाल बस्तीका विद्यार्थीलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्ने, विद्यालय नगएकालाई विद्यालय जान उत्प्रेरित गर्ने, अनाथ बालबालिकालाई आवासको व्यवस्था र प्रविधीमैत्री गाउँपालिका बनाउने निती तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

२०७९ साललाई सिकाई सुधारको वर्षका रुपमा अगाडी बढाइने भएको छ । गाउँपालिकालाई पूर्ण कोभिड खोप सार्थक रुपमा घोषणा गर्ने, घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, दिर्घरोगीलाई निशुल्क औषधी प्रदान र वडा नं. ६ को गुल्ममा सामुदायिक स्वास्थ्य क्लिनीक बनाउने योजना लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?