काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताउनु भएको छ ।
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिनुभयो ।
‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्री हुनु भएको हो । अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलिसम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु (मन्त्री) लाई फिर्ता गरेर नयाँ मान्छे पठाउँछौं भनिएको थियो । उहाँहरू सबैले हुन्छ भन्नुभएको हो । अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भने । बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उहाँले स्वीकार्नुभयो । तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर हुने उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका