स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा फिदिम नगरपालिका प्रथम

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथर जिल्लाका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनको अन्तिम नतिजामा फिदिम नगरपालिका प्रथम भएको छ । जिल्लाका आठवटा स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट अंक ७३.५ ल्याएर जिल्लाको एक मात्रै नगरपालिका फिदिम नगरपालिकाले प्रथम स्थान बनाउन सफल भएको हो ।

आर्थिक वर्ष ०७७/०७८ को पालिकाले तयार गरेको प्रारम्भिक नतिजाका आधारमा दाबी गरेर पठाएका अंकलाई जिल्ला समन्वय समितिले प्रमाणित गरेपश्चात् २०७९ वैशाख ८ गतेको निर्णयअनुसार अन्तिम नतिजा प्रकाशित गरेको जिल्ला समन्वय अधिकारी अनिल त्रिखत्रीले बताउनुभयो ।

त्यसैगरी, दोस्रो स्थानमा फाल्गुनन्द गाउँपालिकाले ७३ अंक, तेस्रो स्थानमा हिलिहाङ गाउँपालिकाले ७२ अंक, चौथो स्थानमा याङवरक गाउँपालिकाले ६६.५ अंक प्राप्त गरेको छ । त्यसैगरी, पाँचौँ स्थानमा तुम्बेवा गाउँपालिकाले ५७ अंक, छैटौँ स्थानमा मिक्लाजुङ गाउँपालिकाले ५२ अंक, सातौँ स्थानमा रहेको फालेलुङले ४८.५ अंक प्राप्त गरेको छ । अन्तिम नतिजामा सबैभन्दा कम कुम्मायक गाउँपालिकाले ४६.५ अंक प्राप्त गरेको छ ।

वित्तीय सुशासन अभिवृद्धि गर्नका लागि स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरूको पहिचान र यसको लेखाजोखा गर्ने उद्देश्यले नेपाल सरकारले वित्तीय सुशासन मूल्यांकन कार्यविधि जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?